अफगानिस्तानसँग नेपाल १ रनले पराजित

काठमाडौँ- यु-१९ विश्वकपका लागि जारी ३ खेलको अभ्यास सिरिजको दोस्रो खेलमा आज अफगानिस्तानले नेपाललाई मात्र १ रनले हराएको छ । आजको जितसँगै अफगानिस्तानले एक खेल अगावै श्रृङखलाको उपाधि २-० ले जितेको छ ।
नेपालको फितलो ब्याटिङ नै हारको मुख्य कारण बन्यो । साहिल पटेल बाहेक अन्य ब्याटरको प्रदर्शन फितलो रह्यो । मुलपानी मैदानमा जितको लागि १ सय ६९ रनको लक्ष्य पछाएको नेपाल ४९.३ ओभरमा १ सय ६७ रनमा अल आउट हुँदा १ रनको हार बेहोर्न बाध्य भएको हो ।
त्यसअघि माथिल्लो मुलपानी किकेट मैदान टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो । अब नेपालले पाहुना टोलीसँग बुधबार अन्तिम खेल खेल्नेछ ।
नेपाल र अफगानिस्तान दुवै राष्ट्र यु-१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । एसिया छनोट अर्को साता नेपालमा नै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, युएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।।
प्रतिक्रिया राख्नुहोस्