माउन्टेन गाइडलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम

काठमाडौँ-  उच्च हिमाली क्षेत्रमा काम गर्ने पर्वतीय पथ प्रदर्शक (माउन्टेन गाइड’ माउन्टेन गाईडलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको छ । हिमाल आरोहणलाई सुरक्षित बनाउन र आरोहणका क्रममा हुनसक्ने जोखिम व्यवस्थापनका लागि लाई पर्वतीय उद्धार तालिम दिइएको हो ।

नेपाल पर्वतारोहण सङ्घको सहयोगमा नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घले २१ जना गाइडलाई ‘हाई माउन्टेन रेस्क्यु ट्रेनिङ’ दिएको छ । तालिमका सहभागीलाई सङ्घका अध्यक्ष निमानुरु शेर्पाले आज प्रमाणपत्र वितरण गर्नुभयो । दक्ष प्रशिक्षकले प्रशिक्षार्थीलाई लाङटाङ र काठमाडौँमा तालिम दिइएको हो । २० दिनको तालिममा ‘इन्ट्रोडक्टरी रक क्लाइम्बिङ कोर्ष’, ‘बेसिक माउन्टेन रेस्क्यु’, ‘आइस क्लाइम्बिङ’, ‘हाइ अल्टिच्युट’ लगायत विषयमा तालिम दिइएको थियो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष शेर्पाले समग्रमा नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित बनाउने र सम्भावित जोखिम न्यूनीकरणका लागि तालिम दिइएको बताउनुभयो । उहाँले नेपालको हिमाल आरोहणलाई कसरी सुरक्षित गराउने, आफू कसरी सुरक्षित हुने र ‘क्लाइन्ट’ लाई र आरोही कसरी सुरक्षित गर्ने भन्ने उद्देश्यले तालिम दिइएको जानकारी दिनुभयो ।

प्रशिक्षक सङ्घका अध्यक्ष छिरिङ पाण्डे भोटेले पर्वतारोहणलाई सुरक्षित बनाउन तथा सम्भावित जोखिम र जोखिमपछिको अवस्थामा कसरी उद्धार र व्यवस्थापन गर्ने भन्नेबारे गाइडलाई तालिम दिइएको बताउनुभयो । प्रशिक्षक सङ्घका महासचिव एवं तालिमका प्रमुख प्रशिक्षक पासाङ् टेण्डी शेर्पाले आरोही गाइडलाई पर्वतीय उद्धारबारे हिमालमै तालिम दिनुपर्ने आवश्यकता महशुस गरी चार हजार मिटर उचाइको हिउँमा तालिम दिइएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.