दशौँ राष्ट्रिय खेलकुद पुन: स्थगित

काठमाडौँ- १०औँ राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ ।

आउँदो जेठ ३ देखि १० गतेसम्म हुने भनिएको १०औँ राष्ट्रिय खेलकुदको मिति तेस्रो पटक स्थगित भएको हो ।

राष्ट्रिय खेलकुद परिषद्को आज बसेको १२२औँ बोर्ड बैठकले १०औँ राष्ट्रिय खेलकुद तेस्रो पटक स्थगित गर्ने निर्णय गरेको हो ।

नवौं राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारियो ।

सो समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, आज बसेको बोर्ड बैठकले जेठमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै तेस्रो पटक स्थगित गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.