युक्रेनको उत्तर-पूर्वी शहरमा रुसी आक्रमण: ३१ जनाको मृत्यु, ८४ जना घाइते

काठमाडौँ- युक्रेनको सुमी शहरको मध्यभागमा आज भएको रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य ८४ जना घाइते भएको युक्रेनी आकस्मिक सेवाले जनाएको छ ।
रुसी ब्यालेस्टिक क्षेप्यास्त्र शहरको मध्य क्षेत्रमा मानिसहरूको बाक्लो आवतजावत भइरहेको क्षेत्रमा प्रहार गरिएको बिबिसीले जनाएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामान्य मानिसहरुकोआवतजावत भएको ठाउँमा रुसी आक्रमण भएको थियो । उहाँले आक्रमणस्थलमा उद्दारको काम जारी रहेको जानकारी दिनुभएको छ ।
आक्रमण पछि राष्ट्रपति जेलेन्स्कीले रुसले विश्वलाई नै आतंक र युद्धमा तानिरहेको भन्दै विश्वका नेताहरुलाई रुस विरुद्ध पुन: एकजुट हुन आव्हान गर्नुभएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी प्रतिनिधि स्टेभ विटकोफसँग युक्रेनसँगको युद्ध अन्त्य लगायतका विषयमा गत शुक्रबार भएको कुराकानी लगत्तै यो आक्रमण भएको हो ।।
प्रतिक्रिया राख्नुहोस्