डोटीबाट नेपाली कांग्रेसका भरतबहादुर खड्का विजयी

काठमाडौँ- एकमात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ ।

उहाँले १४ हजार ८९७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गर्नुभएको छ ।

वि.सं. २०१६ सालमा साविक खिरसैन गाविसमा जन्मिनु भएका भरतबहादुर खड्का डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटका स्थायी बासिन्दा हुनुहुन्छ।

२०३२ सालदेखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्काले स्नातक तहसम्म अध्ययन पूरा गर्नुभएको छ।

खड्काको यो पहिलो संसदीय यात्रा भने होइन।

यसअघि उहाँले संविधानसभा र प्रदेशसभाबाट संसदको प्रतिनिधित्व गरिसक्नु भएको छ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ समानुपातिकतर्फबाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो।

त्यसैगरी २०७४ साल मङ्सिर २१ गते सम्पन्न निर्वाचनमा उहाँ डोटी–१ (१) बाट प्रत्यक्षतर्फ प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.