कृष्णभीरबाट मोटरसाइकल खस्दा १ जनाको मृत्यु

धादिङ- पृथ्वी राजमार्गस्थित धादिङको बेनिघाट-रोराङ्ग गाउँपालिकाको कृष्ण भीरबाट मोटर साइकल खस्दा एक जानको मृत्यु भएको छ ।

मृत्यु हुने सिन्धुली जिल्ला तीनपाटन गाउँपालिका-९ का मिनबहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी सुबास हमालले जानकारी दिनु भएको छ ।

मोटरसाइकल चितवनबाट काडमाण्डौँतर्फ आइरहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

मोटरसाइकल सडकबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेको थियो ।

मृतकको शव गजुरी अस्पतालमा राखिएको  छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.