शिक्षक महासंघसँग सहमति भएसँगै भोलिदेखि सबै शैक्षिक गतिविधि सुचारु हुने (नौ बूँदे सहमतिसहित)

काठमाडौँ- सरकार र शिक्षक महासङ्घबीच नौ बुँदे सहमति भएको छ ।

सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासङ्घका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो ।

महासंघसँग भएको सहमतिलाई मन्त्रिपरिषदको बैठकले अनुमोदनसहित निर्णय गरेको छ।

मन्त्रिपरिषदको बैठकले माग पूरा गर्ने निर्णय गरेसँगै भोलिदेखि शिक्षक महासङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ ।

सहमति पछिको पत्रकार सम्मेलनमा शिक्षा मन्त्री पन्तले मन्त्रिपरिषद् बैठकले मागहरु अनुमोदन गरेको  जानकारी दिनुभयो ।

सोही पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षकमा तत्काल पुरा हुन सक्ने माग मन्त्रिपरिषदले पूरा गरेको र कानूनसँग जोडिएको माग २०८२ असार १५ गतेभित्र शिक्षा ऐनमार्फत पूरा गर्ने सहमति भएको जानकारी दिनुभयो ।

अध्यक्ष सुबेदीले भोलिदेखि नै सबै शैक्षिक क्रियाकलाप सुचारु गरिने बताउनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.