‘किङ अफ द हिल’ शैलीको साइबर सुरक्षा प्रतियोगिता हुँदै

काठमाडौं -नेपालमा पहिलोपटक ‘किङ अफ द हिल’ तथा ‘अट्याक एन्ड डिफेन्ड’ विधाको क्याप्चर द फ्ल्याग (सीटीएफ) प्रतियोगिता हुने भएको छ ।
ओवास्प काठमाडौंको कम्युनिटी पार्टनरशिपमा रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले ‘नेपाल साइबर शिल्ड २०२६’ आयोजना गर्न लागेको हो । प्रतियोगिता अक्टोबर ३ देखि दुई चरणमा सञ्चालन हुनेछ ।
पहिलो चरणमा २४ घण्टे अनलाइन प्रतिस्पर्धा हुनेछ, जसमा नेपालका ७७ जिल्लाको प्रतीकस्वरूप ७७ वटा चुनौती समावेश गरिने आयोजकले जनाएको छ । वेब सेक्युरिटी, क्रिप्टोग्राफी, ओसिन्ट, जिओइन्ट, रिभर्स इन्जिनियरिङ, डिजिटल फरेन्सिक र क्लाउड सेक्युरिटी लगायतका विधामा प्रतिस्पर्धा हुने रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष इन्जिनियर अधिश ढकालले जानकारी दिनु भयो ।
अनलाइन चरणबाट उत्कृष्ट १० टोली फाइनलमा पुग्नेछन् । फाइनलमा ७ वटा भल्नरेबल टार्गेट होस्टमा रियल टाइम प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५० हजार रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको दर्ता शुल्क अर्ली बर्डमा ४ हजार र ढिला दर्तामा ४ हजार ५ सय रुपैयाँ तोकिएको छ ।






प्रतिक्रिया राख्नुहोस्