गाउँमै दूधका सामग्री उत्पादन, स्थानीय उत्पादन प्रवर्द्धन

नुवाकोट-  नुवाकोटको थाना पतिमा गाउँमा दुग्धजन्य सामग्री उत्पादन गरिएको छ । यस वाट स्थानीय उत्पादन गाउँमै प्रवर्द्धन भइरहेको छ ।
काठमाडौँ प्रवेशका लागि नुवाकोटबाट छोटो दुरीको त्रिशूली–छहरे–टोखा सडक मार्गको बिचमा रहेको शिवपुरी गाउँपालिका ८, थाना पतिमा स्थानीय युवा  कृषकले विभिन्न सहकारीबाट सङ्कलित दूध प्रयोग गरी दुग्धजन्य मिठाई उत्पादन तथा बिक्री सुरु गरेका छन् ।
 यससँगै प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्ग्यानिक भोजन घरसमेत सञ्चालन गरी स्थानीय उत्पादनलाई प्रवर्द्धन गरिएको छ ।
स्थानीय जागरूक कृषि सहकारी संस्थाबाट सङ्कलित ताजा दूधको प्रयोग गरी रसभरी, पेडा, बर्फी, कला कन्द जस्ता परिकार किसान रामप्रसाद पुडासैनीले उत्पादन गरी विक्री वितरण गरिरहेका छन् । गुणस्तर तथा स्वच्छतामा ध्यान दिँदै तयार गरिएका यी मिठाई सो सडक मार्गका यात्रुहरू तथा उपभोक्तामाझ पछिल्लो समय लोकप्रिय समेत बन्दै गएका छन् ।
कृषि सामग्री बिक्री केन्द्र तथा अर्ग्यानिक खाजा घरमा जैविक तरकारी, फलफूल, अन्न, मसला, कोदो, फापरबाट बनेको ढिँडो तथा अन्य प्राङ्गारिक लोकल उत्पादन उपलब्ध छन् ।
 खाजा घरमा यस सडक खण्ड हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीय बासिन्दाका लागि पौष्टिक तथा स्वादिष्ट परिकार उपलब्ध रहेको खाजा घर व्यवस्थापक विमल पाण्डेले बताउनुभयो।
पाण्डेका अनुसार यो व्यवसायले स्थानीय किसान, दुग्ध उत्पादक तथा सहकारी संस्थालाई प्रत्यक्ष रूपमा फाइदा पुगेको छ । स्थानीय निकाय तथा कृषि व्यवसायीको सहकार्यमा सञ्चालन गरिएको यस परियोजनाले कृषि तथा दुग्ध व्यवसायलाई प्रोत्साहन गर्दै स्थानीय अर्थतन्त्रलाई सबल बनाउने अपेक्षा गरेको छ ।
प्राङ्गारिक कृषि सामग्री बिक्री केन्द्र तथा अर्ग्यानिक खाजा घर सञ्चालनले वैदेशिक मानसिकता बोकेका युवालाई सकारात्मक सन्देश दिएको शिवपुरी गाँसपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाले बताउनुभयो । उनले स्वरोजगारमा लागेर गाउँ समाजमा नमुना कार्य गर्न गोपाले युवालाई प्रोत्साहन कार्य गरिरहेकोसमेत बताउनुभयो ।
 युवापुस्ताको यस प्रकारको नमुना कार्यलाई प्रोत्साहन र पुरस्कृत गरिने गाँसपालिका उपाध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष केशवराज रिजनललगायतले किसानले आत्मनिर्भरताको बाटोतर्फ क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.