नेपाल हङकङसँग ७ विकेटले पराजित

काठमाडौँ- आइसिसी महिला टी-ट्वान्टी वर्ल्ड कप एसिया क्वालिफायरमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।

हङकङको तीन खेलबाट चार अंक छ।

नेपालको भने समान खेलबाट तीन अंक छ।

सुपर थ्री प्रवेशको लागि नेपाललाई यो जित जरूरी थियो। तर नेपालको ब्याटिङ निकै फितलो रह्यो ।

नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन बनाइन्।

कप्तान इन्दु बर्माले अविजित रहेर ९ रन बनाइन् । पूजा महतो तीन, कविता कुँवर दुई रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासे चार रनमा अविजित रहिन्। हङकङकी मेई बाई सियुले तीन विकेट लिइन्।

नेपालले दिएको ३० रनको सामान्य लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.