पर्यटनमार्फत विकास आवश्यक : कांग्रेस प्रवक्ता महत

नुवाकोट –  नेपालमा अब पर्यटनमार्फत स्थानीय क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्ने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताउनु भएको छ।

नुवाकोटको पर्यटकीय स्थान ककनीमा आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहनुभएका डा महतले नेपालमा अब स्थानीय श्रोत र साधनको व्यापक सदुपयोग गरी युवा पलायन रोक्नुपर्ने समेत बताउनु भयो। उहाँले पर्यटन र कृषिमार्फत युवामार्फत देशको विकास गर्न सकिने दाबी गर्नुभयो।

कांग्रेस प्रवक्ता डा महतले कृषि उत्पादन वृद्धि गर्दै आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन सके त्यसबाट आउने रकमबाट देशलाई समृद्धितर्फ लैजान सकिने बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.