काभ्रेको धुलिखेलमा “वाहिनी पति कप” सुरु

काभ्रे –  नेपाली सेना श्री नं. २६ वाहिनी अड्डाको आयोजनामा “वाहिनी पति कप” प्रतियोगिता काभ्रेको धुलिखेलमामा सुरु भएको छ ।

प्रतियोगिता श्री नंं २६ वाहिनी अड्डा भकुन्डेले आयोजना गरेको हो । “वाहिनी पति कप” प्रतियोगिताको उद्घाटन वाहिनी पति स.र. निर्जल बहादुर अधिकारीले गरेका थिए ।

प्रतियोगिताको उद्घाटन खेलमा श्रीमेहर गण धुलिखेल र इन्द्र ध्वज गण चौताराको फुटबल टिमबिच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा श्रीमेहर गण धुलिखेलले इन्द्र ध्वज गण चौतारालाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

प्रतियोगिता जेठ ४ गतेदेखि सुरु भई जेठ ७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, बास्केटबल,ब्याडमिन्टन, टेकेण्डो र बक्सिन गरी सात विधाका खेल समावेश गरिएको छ । प्रतियोगिताले नेपाली सेना भित्रको आन्तरिक खेलकुद गतिविधिलाई चलायमान बनाउनुका साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान दिने वाहिनी पति स.र. निर्जल बहादुर अधिकारीले बताउनु भयो । उहाँका अनुसार फौजको व्यावसायिक क्षमता अभिवृद्धि, सामूहिक भावनाको विकास, जिम्मेवारीप्रतिको बफादारिता, व्यक्तिगत अनुशासन, उपलब्ध साधन स्रोतको सदुपयोग तथा व्यावसायिक प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले वाहिनी पति कपको आयोजना गरिएको हो ।

प्रतियोगितामा वाहिनी मातहत गणका महिला र पुरुष गरेर २ सय जना खेलाडीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.