हिमाल आरोहणका क्रममा १० जनाको मृत्यु

यस पटकको बसन्त ऋृतुको हिमाल आरोहण सुरु भए यता अहिले सम्म १० जनाको मृत्यु भएको छ । सगरमाथा, लोहोत्से र अन्नपूर्ण सहित विभिन्न हिमालमा आरोहणको क्रममा  १० जनाको मृत्यु भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा मात्र दुई जना आरोहिको मृत्यु भएको पर्यटन विभागका प्रवक्ता लीलाधर अवस्थीले जानकारी दिनुभयो ।

सगरमाथामा मृत्यु हुनेमा एक जाना भारतीय र एक जना फिलिपिनी नागरिक रहेका छन । सगरमाथा आरोहण गर्ने क्रममा मे मा भारत, पश्चिम बंगालका सुब्रत घोषको मृत्यु भएको हो।

मे १४ का दिन अर्का आरोही ४५ वर्षीय फिलिप सान्टियागोको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.