त्रिवि शिक्षण अस्पतालमा क्यान्सर उपचारको आकस्मिक कक्ष स्थापना

काठमाडौँ- त्रिभुव विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको क्यान्सर रोग उपचार आकस्मिक कक्ष स्थापना भएको छ।

सुरेश वाग्ले क्यान्सर केयर सेन्टरबाट अब यो नयाँ सेवा उपलब्ध हुनेछ ।

चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहन राज शर्माले आज आकस्मिक कक्षको उदघाटन गर्नुभएको हो ।

उद्घाटनमा त्रि.वि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. सुबासप्रसाद आचार्यले क्यान्सरका बिरामीहरु आकस्मिक सेवा लिन आउँदा अस्पतालको मुख्य आकस्मिक कक्षमा भिडभाड  हुने गरेकोले अलग्गै कक्ष सुरु गरिएको बताउनुभयो ।

सो अवसरमा अस्पतालका क्लिनिकल र प्रशासनिक कर्मचारीहरुको उपस्थिति थियो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.