बागलुङका पर्यटिकिय क्षेत्रमा चहलपहल बढ्यो

बागलुङ – बागलुङका धार्मिक तथा पर्यटिकिय क्षेत्रहरूमा अवलोकनको लागि आउने पर्यटकहरूको संङ्ख्या बढ्न थालेको छ।
यातायातको पहुँच र बसाई योग्य होटलको संङ्ख्या बढे सगै बागलुङको कालिका मन्दिर पञ्च कोट,एसियाको लामो झोलुङ्गे पुल,बलेवाको भैरव स्थान,गाजाको दह,भकुन्डे,घुम्टेको लेग ,ढोरपाटन सालीगराम संग्राहलय लगाएका स्थान पर्यटकहरूको रोजाई मा परेका हुन।
धार्मिक तथा प्राकृतिक सम्पदाका र कला संस्कृतिले बागलुङमा आर्कषण बढेको आउने पर्यटकहरूको भनाई छ ।
यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा स्थानीय ,प्रदेश र सङ्घीय सरकारले सहयोग गर्दै आएका छन् । सबैको सहयोग र पुर्वाधारको कारण पर्यटक भित्राउन सहज भएको पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले बताउनुभयो ।
सबै स्थानमा सञ्चारको यातायात पहुँच,पदमार्ग तथा सुविधा सम्पन्न होमस्टे तथा होटलहरु सञ्चालन भएपछि पर्यटक आउने क्रम बढेको हो ।
कोभिडको कारण थला परेको पर्यटन क्षेत्र पछिल्लो समय लयमा आउन थालेसँगै पर्यटन व्यवसायीहरू उत्साहित छन् ।
पर्यटकलाई आकर्षित गर्न नयाँ प्रकारका कार्यक्रम ल्याउनुपर्नेमा सरोकारवालाको जोड छ ।






प्रतिक्रिया राख्नुहोस्