सोलुखम्बुका मिलन कुलुङले जिते लाङटाङ हाफ म्याराथनकाे उपाधि

रसुवा- लाङटाङ हाफ म्याराथनकाे उपाधि सोलुखम्बुका मिलन कुलुङले जितेका छन् ।

लाङटाङको क्यान्जिन देखि स्याफ्रुबेसि सम्मकाे ३२ किलोमिटर लामो लाङटाङ हाफ म्याराथन काे उपाधि कुलुङले हात पारेका हुन ।

उक्त हाफ म्याराथनमा विशाल राई दोस्रो, अर्जुन कुलुङ राई तेस्रो भएकाे रसुवा नुवाकाेट पर्यटन समाजले बताएकाे छ ।

त्यस्तै कृष्ण सिं बोगटि चौथो र गोपाल तामाङ पाँचौ भएका थिए ।

महिला तर्फ सुनसरी रोकाया प्रथम लाक्पा निमा शेर्पा दाेस्राे र निर्मला राई तेस्राे भएकी छिन् ।

यस्तै चौथो आङपुर्बा शेर्पा र पाँचौ प्रिया राई भएको समाजका अध्यक्ष बलराम न्याैपानेले बताउनुभयो ।

तेस्राे पर्यटकीय पदमार्ग रहेको लाङ्टाङ क्षेत्रकाे पर्यटन प्रबर्द्धन तथा प्रचार प्रसार गर्ने उदेश्य ले लाङटाङ हाफ म्याराथन आयोजना गरिएकाे हाे ।

याे प्रतियाेगिताकाे आयाेजना रसुवा नुवाकोट पर्यटन समाजले गरेकाे हाे ।

प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरि ६७ जनाले सहभागिता जनाएका थिए ।

म्याराथनमा प्रथम द्वत्तिय र तृतिय हुने प्रतियोगिलाई क्रमशः एक लाख, पच्चतर हजार र पचास हजार रुपैयाँ रहेको छ ।

त्यसैगरी चौथो र पाँचौ हुने प्रतियोगीले क्रमशः पच्चिस हजार तथा पन्ध्र हजार रुपैयाँ पाउने छन् ।

लाङटाङ ट्रेल रन प्रतियोगिता सहभागी महिला तथा पुरुष दुवैलाई समान पुरस्कारको ब्यवस्था गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.