दुर्लभ एक सिङ्गे गैँडासँग भरतपुरको सामुदायिक वनमा रोमाञ्चक भेट

चितवन- चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनमा गरिएको एक सामान्य सफारीले एक अद्वितीय क्षणको साक्षी बन्यो। स्थानीय पर्यटकहरूलाई सो सफारीको क्रममा दुर्लभ एक सिङ्गे गैँडासँग भेट हुँदा वातावरण रोमाञ्चक बनेको थियो।
सामुदायिक वन संरक्षण समिति तथा मेघौली घट् गाई नेचर गाइड हरूको टोलीले सञ्चालन गरेको नियमित वन भ्रमणको क्रममा आइतबार बिहान एकै ठाउँमा धेरै गैँडालाई देखिएको हो। गैँडा केही समयको लागि झाडीभित्रबाट खुल्ला मैदानतिर आएको र नजिकैको पानि जमेको खाडलमा लडिबुडी खेली चरिरहेका थिए ।
मेघौली घट् गाई नेचर गाइडका अध्यक्ष मनोश कुमार लिम्बुले गैँडाको वासस्थान,आनिवानि र गैँडासंग कसरी बाच्ने र बचाउने भन्ने कुरा को जानकारी दिनुभयो ।
“धेरै गैडाहरु लाई यसरी नजिकैबाट एकै ठाउँमा देख्न पाउनु ठुलो सौभाग्य हो। पर्यटकहरू निकै उत्साहित र चकित थिए,” लिम्बुले भने।
राधाकृष्ण सामुदायिक वनले वन्यजन्तु संरक्षण तथा दिगो पर्यटन प्रवर्द्धनमा विशेष योगदान दिँदै आएको छ। स्थानीय वासीहरूको सक्रिय सहभागिताले वन क्षेत्रमा जैविक विविधता सुरक्षित रहँदै आएको छ।
एक सिङ्गे गैँडा (Rhinoceros unicorns) नेपालमा विशेष संरक्षित प्रजातिको सूचिमा परेको वन्यजन्तु हो। विश्वमै कम सङ्ख्यामा मात्र पाइने यस प्रजातिको मुख्य वासस्थान चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन हुन्।
सामुदायिक वन का अध्यक्ष वेदनिधि सुवेदीले गैँडाहरुको गतिविधि नियमन गर्न र पर्यटनलाई थप व्यवस्थित बनाउन निगरानी थप सशक्त बनाउने जनाउनु भएको छ।






प्रतिक्रिया राख्नुहोस्