चितवनको डडुवामा बस र माइक्रो ठोकिएर दुर्घटना, ७ जनाको मृत्यु, १८ जना घाइते

चितवन- पूर्वी चितवनको राप्ती नगरपालिका–३ डडुवा क्षेत्रम भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।
पुर्व पश्चिम राजमार्गको खहरेपुल स्थितमा धनगढीबाट काँकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ गई रहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको EV गाडी ठोकिदा ७ जनाको ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।
दुर्घटनामा १८ जना घाइते भएका छन् । अन्य घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुरतर्फ लगिएको छ।
मृतकमध्ये अधिकांश इभी माइक्रोमा सवार रहेका यात्रु भएको अनुमान गरिएको छ।
दुबै सवारी साधन घटना स्थलमा नै भएको कारण बाटो दुबै तर्फ अबरोध भएको छ । क्रेन बोलाई बाटो खुलाउने कार्य भई रहेको र उक्त स्थानमा इप्रका भण्डाराबाट प्र.नि.रुपेश बिष्ट र इ.प्र.का. खैरहनीबाट प्र.नि.प्रदिपजंग महतको कमाण्डमा र इप्रका टांडीबाट प्रनाउ रन्जन अवाको कमाण्डमा २० जना गरी जम्मा ४५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ।
भरतपुर सरकारी अस्पतालमा मृत्यु भएकाहरुको विवरण:
१. मकवानपुर जिल्ला हटिया ३ बस्ने बर्ष ५५ का सोम प्रसाद रुपाखेती,मृत्यु ।
२.जि.मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी मृत्यु ।
३.हाल नामथर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला मृत्यु ।
४.हाल नामथर वतन नखुलेकी अं. बर्ष २४/२५ की महिला मृत्यु ।
५.हाल नामथर वतन नखुलेको अं. बर्ष २२/२३ को पुरुष मृत्यु ।
एलाईभ अस्पताल भरतपुरमा उपचार गराइरहेका घाइतेहरू:
१. मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने बर्ष १६ को सक्षम थापा जसको अवस्था सामान्य छ ।
२. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१२ बस्ने बर्ष ३२ को सिंहबिर घलानको अवस्था सामान्य छ ।
३. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.४ बस्ने बर्ष ३१ को बिष्णु लम्सालको अवस्था सामान्य छ ।
४. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.८ बस्ने बर्ष ३४ की गंगा घलान जसको अवस्था गम्भिर छ ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु/मृतक:-
१. पहिचान नखुलेकी अं.वर्ष ३०/३५ की गर्भवती महिला महिला १०:५५ बजेको समयमा मृत्यु भएको
२.हाल नामथर वतन नखुलेको अं.वर्ष ३५/४० को पुरुष व्यक्ति, मृत्यु ।
३.जिल्ला झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल नाकमा चोट मध्यम
४. जिल्ला झापा गौरादह न.पा. ९ बस्ने बस्ने वर्ष अं.६७ को उमा बराल सामान्य
५.जिल्ला कञ्चनपुर बेलौरी न.पा.४ बस्ने वर्ष अं. ४८ को वीरबहादुर जैसी, मध्यम ।
६.जिल्ला रुकुम पश्चिम आठबिस्कोट न.पा. ९ बस्ने वर्ष अं. ३० को सन्देश ओली सामान्य ।
नयाँ मेडिकल कलेज भरतपुरमा १० जना घाईतेको उपचार भई रेहको र सवै जनाको अबस्था सामान्य रहेको प्रहरीको रिपोर्टमा उल्लेख छ ।






प्रतिक्रिया राख्नुहोस्