निरन्तरको पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध

गुल्मी –  निरन्तर पहिरोले कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ । शुक्र बारदेखि जिल्लाको काल गण्डकी गाउँपालिका वडा नम्बर- २ गरगरे स्थित काली गण्डकी कोरिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गागाबहादुर सारूले बताउनुभयो ।

बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुङ्गा सहितको पहिरो झरिरहेकाले समस्या भइरहेको सारूले बताउनुभयो । चट्टान सहितको पहिरो खसेकाले समय लाग्ने प्रहरीले जनाएको छ । पहिरोले कोरिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ ।

सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

त्यस्तै ४ दिन अघि कालीगण्डकी गाउँपालिका–६ बरम्बा स्थित काल गण्डकी कोरिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।   अवरुद्ध सडक मङ्गलवार मात्रै  एकतर्फी खुलेको थियो । हालसम्म पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
+3

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.