मेघौलीमा दुई दिने नेचर गाइड तालीम सम्पन्न

जैविक विविधता अवलोकनमा उत्साहजनक सहभागिता

चितवन – बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत सौराहा पर्यटन कार्यालयको आयोजनामा भरतपुर–२७, मेघौलीमा आयोजना गरिएको दुई दिने नेचर गाइड अभिमुखीकरण तालीम तथा जैविक विविधता अवलोकन कार्यक्रम सम्पन्न भएको छ।

पर्यटन कार्यालय सौराहाका प्रमुख प्रेम प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मेघौली मध्यवर्तीका अध्यक्ष तथा थारु सङ्ग्रहालय का संयोजक मायाराम चौधरी,विशिष्ट अतिथिमा भरतपुर महानगरपालिका वडा नं २७ का वडा सदस्य दयाराम चौधरी  र पर्यटन विज्ञ डा। विश्वराज सुवेदी, अतिथि नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश कुमार लिम्बु,राधाकृष्ण वन उपभोक्ता समितिका अध्यक्ष वेद निधि सुवेदी,मेघौलि पर्यटन विकास समितिका अध्यक्ष राजु भुसाल,पन्छी विद् सङ्घका अध्यक्ष हठन चौधरी र ताज सफारी मेघौलिका महाप्रबन्धक रहनु भएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य नेचर गाइड एसोसिएसनका अध्यक्ष मनेश कुमार लिम्बुले राख्नुभएको थियो भने कार्यक्रममा पन्छी विद् सङ्घका अध्यक्ष हठन चौधरी र डा। विश्व सुवेदीले जैविक विविधता तथा पक्षी अवलोकन सम्बन्धी विशेष प्रस्तुति दिनुभएको थियो।

जैविक विविधताको प्रत्यक्ष अनुभव गर्दै नेचर गाइडहरू

दोस्रो दिन सहभागीहरूलाई कुमाल ताल, बिस हजारी ताल र बाटुली पोखरी ताल हरूमा  पक्षी अवलोकनसहित जैविक विविधता अध्ययन गराइएको थियो। करिब ५० जना नेचर गाइडको सक्रिय सहभागिता रहेको उक्त तालीमले भरतपुर महानगरपालिका मा रहेका गाइडहरूको ज्ञान अभिवृद्धिमा समेत टेवा पुर्‍याउने आयोजकले बताएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.