नुवाकोटमा खिचिएको हलीको गीत सार्वजनिक

नुवाकोट- नुवाकोटको दृश्य कैद गरिएको नेपाली कथा बोकेको नयाँ चलचित्र हलीको शीर्ष गति सार्वजनिक गरिएको छ । एक कार्यक्रमकावीच यस मौलिक गीतको सार्वजनिक गरिएको हो ।
सूर्य गढी गाउँपालिका–५ गणेश स्थान फाँटमा रोपाई गर्दै छायाङ्कन गरिएको चलचित्र ‘हली’ को शीर्ष अर्थात् प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको हो । नेपाली मौलिक झल्किएको यस गीतलाई धेरैले मन पराउन थालेका छन् ।
नेपालको वास्तविक कथा चित्रण गरेको चलचित्र हलीको शिर्षगीत नुवाकोटमा तीन दिन लगाएर छायाङ्कन गरिएको थियो । यसमा चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।
ओम प्रतीकको लेखन तथा निर्देशन तथा पूजा गुरुङ र जस्मिन श्रेष्ठको लगानीमा तयार भएको ‘हली’को प्रमोसनल गीत पत्रकार सम्मेलनमार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।
यसमा बाबुल गिरी र शान्तीश्री परियारको मूल स्वर, जस्मिन श्रेष्ठको शब्द र वावुल गिरीको सङ्गीत रहेको छ । कर्णप्रिय रहेको यस गीतको भिडियोलाई नुवाकोटको गणेश स्थान आसपासका दृश्य कैद गरेर थप आकर्षक बनाइएको छ ।
शुभ चिरायु फिल्मसँग जापुरा फिल्मस् प्रोडक्सनको व्यानरले सहकार्य गरेर निर्माण गरिएको हलीको सार्वजनिक गीतमा कलाकार प्रमोद दीपसँगै किरण केसी राता मकै, दिलीप रायमाझी, दीपाश्री निरौला, प्रियङ्का कार्की र पूजा शर्मालगायतले आकर्षक नृत्य गरेका छन् । कलाकारको आकर्षक र ओजस्वी नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ ।
वास्तविक जीवनका घटनाबाट प्रेरित भनिएको हलीमा नम्रता भण्डारी सह–निर्माताको रूपमा रहेकी छिन् । हलीमा नायक प्रमोद दीप, नायिका सुजाता थापाका साथमा सरोज खनाल, ओम प्रतीक, अरुणा कार्की, अर्जुन गुरुङ भंगेरी डन, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायतको अभिनय छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको हलीमा लक्ष्मण बज्राचार्य लाइन प्रोड्युसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, रामप्रसाद चौधरीको सम्पादन छ । गीतलाई विपिन मल्लले सम्पादन गरेका हुन् ।
यस गीतलाई गणेश स्थानमा बसेर कविराज गहतराजले नृत्य निर्देशन गरेका हुन् । हलीमा राहुल राइको छायाङ्कन रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा निर्मात्री जस्मिन श्रेष्ठले देशमा परिवर्तन ल्याउनका लागि एक जना ‘हली’ नै काफी रहेको कथा यसले पस्कने बत्ताउनुभयो ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा निर्माण भएको ‘हली’ को सार्वजनिक गीतको भिडियो आकर्षक शैलीमा निर्माण गरिएको छ । हलीमा शम्भु जित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको सङ्गीत, कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।
हली ग्रामीण परिवेशको वास्तविक जीवनका कथाबाट प्रेरित रहेको निर्माण पक्षले जनाएको छ । चर्चित कलाकार ओम प्रतिकले निर्देशन गरेको चलचित्र हलीको उक्त शिर्षगीत गत साता नुवाकोटको सुर्यगढी गाउँपालिका ५ गणेश स्थानको फाँटमा छायाङ्कन गरिएको हो ।
हलीको रोपाई बेठीसहितको सन्दर्भ रहेको उक्त गीत गणेश स्थानमा तीन दिन लगाएर खिचिएको हो । यस गीतमा चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्