२० औ एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित

काठमाडौँ-  सन २०२६ को सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औं एशियाली खेलकुदमा नेपालको सहभागिता अनिश्चित बनेको छ।

२० औं सस्करणको एशियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलहरुको छनोट सूची दर्ता गर्नुपर्ने समय भित्र खेलहरुको छनोट दर्ता नगरिएपछि नेपालको सहभागिता अनिश्चत बनेको हो ।

नेपालले कुन कुन खेलमा सहभागिता जनाउने हो भनि ति खेल छनोट गरी दर्ता गर्ने समय हिजो सकिएको हो ।

नेपाल ‌ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले समयसिमा भित्र खेल दर्ता गर्न युवातथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गरेपनि कुनै जवाफ प्राप्त नभएको जानकारी दिनु भयो।

आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले एशियाली खेलकुद खेलाडीहरुकालागि महत्वपूर्ण अवसर भएकोले नेपाली खेलाडीहरुको सहभागिताकालागि नेपाल ओलम्पिक कमिटी दृढ रहेको स्पष्ट पार्नु भयो।

यसैगरी यसै वर्षको अक्टोबरमा बहराईनमा आयोजना हुने तेश्रो युथ एशियाली खेलकुदको सन्दर्भमा पनि खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबाट कुनै जवाफ नआएको उहाँले भनाइ थियो ।

नेपाल ओलम्पिक कमिटी ति दुबै अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता सुनिश्चित गर्न र खेलाडीहरुको खेल खेल्ने हकबाट बन्चित नहुन भन्ने मान्यता सहित निरन्तर समन्वय गरिरहने कुरा कमिटीद्वारा प्रकाशित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.