मलेसियालाई हराउँदै नेपाल फाइनलमा

सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले हरायो

काठमाडौँ-  साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ ।

सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो ।

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाउनुभयो । उहाँले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । शिवान्श बजगाईंले अविजित २३ रन बनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.