कालिका नगरपालिकाका २सय परिवारलाई सुधारिएको चुलो वितरण

चितवन-  सामाजिक विकास तथा वातावरण संरक्षणमा सक्रिय संस्था सपना भिलेजले कालिका नगरपालिका वडा नं. १, ३, र ५ का २०० परिवारलाई सुधारिएको पोर्टे बल चुलो वितरण गरेको छ।

स्थानीय सरकारका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा चुलो वितरण गरिएको हो। यस अभियानमार्फत घरेलु वायु प्रदूषण घटाउने, इन्धनको खपत कम गर्ने र सर्वसाधारणको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले सुधारिएको चुलो प्रयोगले वन विनाशमा कमी, कार्बन उत्सर्जनमा नियन्त्रण र ऊर्जा– दक्षता सुनिश्चित गर्ने बताउनुभयो। उहाँले चुलो वितरणले स्वास्थ्य, सुरक्षासँगै वातावरणीय संरक्षणमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यो कार्यक्रम सपना भिलेजको ८० प्रतिशत लगानी र कालिका नगरपालिका तथा लाभग्राहीहरूको संयुक्त २० प्रतिशत लगानीमा सम्पन्न भएको हो।

सपना भिलेजको यो पहलले दिगो विकासका लागि स्थानीय स्तरमा भइरहेको सकारात्मक प्रयासको उदाहरण पेस गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.