नेपालले पायो ११४ रनको सामान्य लक्ष्य

काठमाडौँ- एसिसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिंगापुरले नेपाललाई ११३ को सामान्य लक्ष्य दिएको छ।
टस जितेर ब्याटिङ गरेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रन जोडेको छ ।
सुरुदेखि नै राम्रो फर्ममा रहेको नेपाली क्रिकेट टोलीका लागि ११४ रनको लक्ष्य सामान्य हुने विश्लेषण गरिएको छ ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।।
प्रतिक्रिया राख्नुहोस्