डेनमार्कमा हुने डाना कपमा काष्ठमण्डप विद्यालय र लुम्बिनी एकेडेमी सहभागी हुँदै

काठमाडौँ- डेनमार्कमा भोलिदेखि सुरु हुने अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगितामा नेपालका तर्फबाट ११ वटा टिमले खेल्दैछन ।
यही जुलाई २१ देखि २६ सम्म आयोजना हुने डाना कपका लागि नेपालबाट २ वटा टिम काष्ठमण्डप विद्यालय र लुम्बिनी फुटबल एकेडेमीको टोली डेनमार्कतर्फ गएको छ ।
काष्ठमण्डप विद्यालयले यू–१४ र लुम्बिनी फुटबल एकेडेमीले यू–१६ उमेर समूहमा प्रतिस्पर्धा गर्नेछ । तीन अफिसियल र २० खेलाडी गरी २३ सदस्यीय नेपाली टिम प्रतियोगितमा सहभागि हुँदैछ ।
काष्ठमण्डपको तर्फबाट मछिन्द्र फुटबल क्लबका समेत प्रशिक्षक रहेका सन्तोष न्यौपाने प्रशिक्षक छन् भने लुम्बिनीको प्रशिक्षकमा विजय महर्जन छन् ।
युवा खेलाडीहरुले प्राप्त गरेको यो अवसरले नेपाली फुटबल खेलका आगामी संस्करणमा नयाँ युवा खेलाडी उत्पादन हुने विश्वास खेलप्रेमीहरुले गरेका छन। सानै उमेरमा प्राप्त गर्ने यो अन्तर्राष्ट्रिय अनुभवले नेपालको फुटबल खेलमा सकारात्मक सहयोग पुग्ने छ ।
युरोपियन फुटबल महासंघको मान्यताप्राप्त डाना कपमा यसपटक ५० भन्दा बढी देशका १ हजार भन्दा धेरै युवा फुटबल खेलाडीले भाग लिँदैछन ।
डाना कप सन् १९८२ देखि सुरु भएको हो ।।






प्रतिक्रिया राख्नुहोस्