सरकार विरुद्धका सबै हर्कतहरु असफल हुँदै गएका छन्- अर्थमन्त्री पौडेल

रुपन्देही- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एमालेलाई विभाजन गर्न खोज्नेहरुको सपना असफल भएको बताउनुभएको छ ।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पार्टी उपाध्यक्ष समेत रहनुभएका पौडेलले एमाले पार्टी विभाजनमा भूमिका खेलेकाहरुले अहिले फेरि पनि फुटाउने कोशिस गरेका तर पार्टीले एकमतले निर्णय गरेपछि उनीहरुको सपनामाथि तुषारोपात भएको बताउनुभयो ।

मुलुकको सर्वोच्च संस्था राष्ट्रपति जस्ता पदमा आसिन भैसकेको व्यक्ति पार्टी राजनीतिमा आउनु उपयुक्त नहुने भनेर एमालेको केन्द्रीय कमिटीले एकमतले निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

उपप्रधानमन्त्री पौडेलले काँग्रेस–एमाले गठबन्धन मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको भन्दै आगामी २०८४ सम्मै यो सहकार्य कायम रहने पनि बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.