गाजामा चरम खाद्यान्न संकट, चौबीस घन्टामा १० प्यालेस्टायनीको भोकभरीले मृत्यु

काठमाडौं- इजरायलले गाजामा खाद्यान्न आपूर्तिका सबै बाटाहरु बन्द गरेपछि गाजामा व्यापक भोकमरीको अवस्था सिर्जना भएको छ ।

सीमित रुपमा उपलब्ध भएका खाद्यान् वितरण केन्द्रहरुमा भोकग्रस्त बालबालिकाहरु खाद्यान्नका लागि संघर्ष गरिरहेका दृश्यले संसारभरको ध्यानाकर्षण गराएको छ ।

सयभन्दा बढी सहायता संस्थाहरुले गाजामा चरम भोकमरीको अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । साथै गाजाबासीलाई गम्भीर मानवीय संकटको अवस्थाबाट मुक्त गर्न तत्काल कदम चाल्न आग्रह समेत गरेका छन् ।

गत मार्च २ देखि इजरायलले गाजाका युद्धग्रस्त क्षेत्रमा पूर्णरुपमा नाकाबन्दी गरेपछि पानी, खाद्यान्न, औषधि लगायत अतिआवश्यक वस्तुहरु चरण अभाव भइरहेका छ । बालबालिकाहरु कुषोषणले ग्रस्त भएका छन् ।

पछिल्लो २४ घन्टामा मात्रै कुपोषणका कारण १० प्यालेस्टायनीको मृत्यु भएको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकाले सम्भावित युद्धविराम र सहायता करिडोर खोल्न पहल गर्न उच्च अमेरिकीदूतलाई वार्ताका लागि युरोप पठाएको छ ।

epa12253863 Israeli and Arab activists take part in a rally calling for an end to the war on Gaza and the famine stemming from it, in Tel Aviv, Israel, 22 July 2025. At least 100 Palestinians, including 80 children, have died of malnutrition in the Gaza Strip, the Palestinian Ministry of Health said on 22 July. EPA/ABIR SULTAN
Dostawca: PAP/EPA.

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.