प्लास्टिकको ओतमा राजमार्ग

 

पाल्पा- तपाईँलाई सुन्दा पनि अचम्म लाग्छ होला राजमार्ग पनि प्लास्टिकको ओतमा छ भन्दा । तर यो सत्य हो । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको चरचर्रे नजिकै सडक तलबाट भासिएर एक तर्फी बनेको यो साउनमा ३ वर्ष नाघिसक्दा समेत सडक प्लास्टिकको भरमा छ ।

भासिएको सडक मर्मत गर्नुको साटो सडक डिभिजन कार्यालय पाल्पाले सडकलाई प्लास्टिकले ढाकेर लाज छोपेको सवारी चालक र यात्रुको दुखेसो छ ।

सडक तलबाट वहने तिनाउ खोलाले प्रत्येक वर्ष सडक तानिरहेको छ तर यही सडक भएर दैनिक आवतजावत गर्ने सरोकार राख्ने जनप्रतिनिधि देखि सरोकारवालाको ध्यान भने तान्न सकेको छैन ।

सायद त्यसैले पनि होला सडक एक तर्फी बनेको तीन तीन वर्ष पुग्दा पनि सडक अलपत्र भएको ।

यता सडक डिभिजन कार्यालय पाल्पाका सुचना अधिकारी दुर्गा गौतमले भने गत वर्ष पुसमा उक्त सडक मर्मतको ठेक्का भएको तर निर्माण कम्पनीले स्थानीय सरकार तिनाउ गाउँपालिकाको अवरोधका कारणमा काम गर्न नसकेको बताउनुभयो ।

जे होस नागरिकको जिउँ ज्यानको सुरक्षासँग जोडिएको सडक समयमै मर्मत सम्मभर र स्तरउन्नती गर्न कसैले पनि आँखा चिम्लिन हुन्न भन्ने माग यात्रुले पटक पटक राख्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.