चिनियाँ पक्षको सूचना पछि रसुवामा उच्च सतर्कता

रसुवा- चिनियाँ पक्षले चीनतर्फको भू-भागमा केहीदिन भारी वर्षा हुने सूचना दिएपछि रसुवामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाले सोमबार सूचना जारी गरेर नदी आसपास रहने स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो ।

जल तथा मौसम बिज्ञान बिभाग र चीनीयाँ पक्षबाट समेत नेपालमा सक्रिय मनसुनी प्रणाली र छिमेकी चीनको तिब्बत क्षेत्रमा निरन्तर भइरहेको भीषण वर्षाका कारण यस क्षेत्रबाट बहने लेन्दे र केरुङ खोलामा पानीको बहाव बढने भएकाले भोटेकाशी तथा त्रिशुली नदि छेउछाउका बस्तीहरूमा जोखिम बढेकाले स्थानीयवासीलाई सचेत रहन कार्यालयले जारी गरेको बिज्ञप्तीमा आग्रह गरेको हो ।

कार्यालयले जलबायु तथा मौसमजन्य बिपतबाट हुनसक्ने सम्भावित क्षतिको न्यूनिकरणका लागि आम सरोकारवालालाई पूर्व तयारीमा रहि सर्तकता अपनाउन समेत अनुरोध गरिएको छ ।

नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन सूचनामाफर्त अनुरोध गरिएको छ ।

यसैबीच सम्भावित विपदबाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

यहि असार चौबीस गते मङ्गलबार आएको बाढीले जनधनको क्षति गरी सकेकाले पूर्वतयारीमा रहि घटना हुन भन्दा अगावै सचेत रहन तथा बिपतका घटना घटेमा तत्काल जिल्ला प्रशाशन कार्यालय रसुवामा खबर गर्न समेत प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सबैमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.