कर्भड हल अलपत्र

पाल्पा – आधा करोड भन्दा बढी लगानी भइसकेको पूर्वी पाल्पाको रामपुर नगरपालिका ७ कठान भन्ने ठाउँमा निर्माण भएको कभर्ड हल प्रयोग विहीन बनेको छ ।

१८ मिटर चौडाई र ३० मिटर लम्बाई सहितको कभर्ड हल जिल्लाकै ठुलो मानिए पनि सञ्चालनमा आउन नसक्दा अलपत्र गरेको हो । क्रमागत योजना अन्तर्गत झण्डै ६५ लाख १४ हजार ५ सय सरकारी बजेट लगानी भइसकेको कभर्ड हलको सञ्चालनमा ढिलाइ हुँदा खेलप्रेमीहरु निराश बनेका छन् ।

२०७४ साल देखि निर्माणको थालनी भएको कर्बड हलमा आर्थिक वर्ष २०७४- ०७५ मा सङ्घीय सरकारले जिल्ला खेलकुद विकास समिति मार्फत १४ लाख ३४ हजार ५ सय र जन श्रमदान बाट २ लाख १५ हजार १ सय ७५ रुपियाँको काम भएको थियो । यसै गरी आर्थिक वर्ष २०७५- ०७६ मा रामपुर नगरपालिका बाट १२ लाख, २०७६- ०७७ मा रामपुर नगरपालिका बाटै १० लाख र २०७७- ०७८ मा लुम्बिनी प्रदेश वाट १० लाख र नगरपालिका बाट ६ लाख रकम प्राप्त भएको कभर्डहल निर्माण समितिका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो ।

यस्तै २०७९- ०८० मा रामपुर नगरपालिकाबाट ८० हजार र सोही आर्थिक वर्षमा सामाजिक विकास डिभिजन कार्यालयबाट ४ लाख र २०८०- ०८१ मा ८ लाख बजेटबाट कर्बड हलको भौतिक संरचना निर्माणको काम भए पनि प्रयोगमा आउन नसकेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.