गाउँमा नेटवर्क नपाएपछि खोलामा भत्ता नवीकरण

डोटी- डोटीको जोरायल गाउँपालिका वडा नम्बर –५ र ६ नम्बर वडामा 4G नेटवर्क अभावका कारण सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य कठिन बनेको छ। बायोमेट्रिक प्रणालीमार्फत विवरण अद्यावधिक गर्न आवश्यक इन्टरनेट सुविधा नहुँदा वृद्ध वृद्धा आमाबुबाहरू नेटवर्क आउने स्थान खोज्दै खोला किनार र टाकुरासम्म पुग्न बाध्य भएका छन्।

वडा नम्बर -५ का वडा सचिव विनोद रजबारका अनुसार, गाउँमै NTC को नेटवर्क मात्रै भए पनि यो पनि प्रभावकारी छैन। “घाम लागेका बेला मात्रै केही समय नेटवर्क चल्छ, तर बादल लागे वा मौसम बिग्रिएमा फोनसमेत सम्पर्क विहीन हुने गरेको उहाँले बताउनु भयो ।
उनका अनुसार, सबै सेवाग्राहीलाई वडा कार्यालयसम्म बोलाउन गाह्रो हुने भएकाले टोली गाउँमै गएर नवीकरण सेवा दिइरहेको छ। तर, गाउँमै नेटवर्क नहुँदा बायोमेट्रिक प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई असहज परिस्थितिमा खोला किनार वा उचाइ भएका स्थानमा लैजानुपर्ने बाध्यता रहेको बताउनु भयो

स्थानीयले सरकारी सेवा प्रभावकारी र सहज बनाउन तत्काल नेटवर्क सुविधा सुधार गर्न नेपाल टेलिकम र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.