एमाले अध्यक्ष ओलीलाई ४९ हजार भन्दा बढी मतान्तरले हराउँदै रास्वपाका बालेन्द्र शाह विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत झापा-५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ। उहाँ ६८३४८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका केपी शर्मा ओलीले १८७३४ मत मात्र प्राप्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको जन्म वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा भएको हो।

रास्वपा प्रवेश गर्नुपूर्व उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाका मेयरको रूपमा कार्यरत रहनुभएको थियो।

भावी प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमतिसँगै रास्वपाका वरिष्ठ नेता बन्नुभएका बालेन शाह युवा माझ निकै लोकप्रिय हुनुहुन्छ।

उहाँ र्‍यापर, संगीत निर्माता, गीतकार, निर्देशक तथा इन्जिनियर पनि हुनुहुन्छ।

 

वि.सं. २०७२ सालको महाभूकम्पपछि उहाँले उद्धार तथा नक्सा निर्माण कार्यमा सक्रिय भूमिका खेल्नुभएको थियो।

नवनिर्वाचित शाह अब नेपालको प्रधानमन्त्री हुने निश्चित प्राय: भएको छ । तर रास्वपाले प्रकृयागत रुपमा शाहलाई संसदीय दलको नेता चयन गर्नुपर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.