यात्रा संस्मरण: सुन्दर सुदूरपश्चिम

काठमाडौँ- रोयल मार्स सरले कर्णाली प्रदेशलगायत सुदूरपश्चिम जिल्लाका केही धार्मिक एवं ऐतिहासिक जिल्लाहरूको धार्मिक यात्रा गर्ने योजना बनाउनुभएको थियो। धार्मिक यात्रामा चाहिने सरसामानहरूको चाजोपाँजो मिलाउनको लागि धर्म सम्धी र म लाग्यौँ। अब भोलि बिहान दैलेखको पाँचतिर्थ हुँदै सुदूरपश्चिमतिर जाने तयारी भयो। त्यही अनुसार मनस्थिति तयारी भयो। बिहान सबैरै निद्रा देवीको काखबाट उठेँ। बिहानपखको नित्यकर्म गरिसकेपछि हाम्रो यात्रा बिहान ६:०० बजे तयार भएर सुर्खेतको बजारबाट बिस्तारै सुरु भयो। सुर्खेतको वीरेन्द्रनगर बजारदेखि उकालो लागेपछि यात्राले विधिवत रुपमा आरम्भ लिइसक्यो । भावनाका तरङ्गहरु मनमा उत्पन्न भइरहेका थिए । गाडीभित्र अगरबत्तिको मिठो बासना आइरहेको थियो । यात्रा रोमाञ्चक हुने कुरामा मन ढुक्क थियो । गाडीको ढोकामाथि चढाइएको कालो सिसा तपु दादाले थोरै खोलेका थिए । बाहिरबाट आएको सिरसिर बतासले मेरो बाल फररर हल्लाइरहेको थियो । बिहानपखको चिया खाजा गुराँसे बजारमा गएर खाने सल्लाह गर्यौँ र सुर्खेतबाट हिँडेको केही समयमा गुराँसे बजारमा गएर चियाको चुस्की लगाउँदै पारी डाँडामा बनेको डुङ्गेश्वर गाउँपालिकाको भवन रामकृष्ण सरलाई देखाएँ । मैले बिताएका तिनी बालापनका यादहरू कति रङ्गीन छन्, वर्तमानलाई बिर्सेर ती अतीतका पलहरूका कुराहरू उहाँसँग मैले गरेँ। चिसो मौसममा तातो चियाको कप लिँदा हातमा आगो तापेको जस्तै अनुभूति हुँदैथियो ।

चिया सकेपछि हाम्रो गन्तव्यलाई मूर्न्तव्यलाकेपछि हाम्रलागि हाम्रायाथतरुप दिनका लागि हामी गुराँसेबाट आफ्नो बाटोतर्फ लाग्यौँ। सुर्खेतबाट हिँडेको ३ घण्टाको समयमा हामी पञ्चकोशी ज्वाला क्षेत्रको दर्शन गर्न पुग्यौँ। दैलेख जिल्ला आदिम भूमि र विभिन्न जातजातिहरूको उद्गम थलोको रुपमा लिन सकिन्छ। पाँच तीर्थ पञ्चकोशी, धार्मिक एवं ऐतिहासिक पुरातात्विक सम्पदा लगायत ३२ थरीका थरहरू रहेका छन्। विभिन्न ठाउँमा थर विशेषको नामबाट नामाकरण समेत गरिएका छन्। दैलेखको पञ्चकोशी ज्वाला क्षेत्र दैलेख जिल्ला, दुल्लु नगरपालिका अवस्थित क्षेत्र नेपालकै एक पवित्र धार्मिक स्थल, ऐतिहासिक, वैज्ञानिक सबैका लागि आकर्षण आकर्षणको केन्द्रको रुपमा लिन सकिन्छ । यसरी चिनियाँ टोलीहरूले समेत उक्त स्थानमा प्राकृतिक ग्यास रहेको भनी पुष्टि गरिसकेका छन्ेकद्रकुसार मनस्थिति तयारी भयौं । उक्त प्राकृतिक  प्राकग्यासलाई समयमै उत्खनन गरी उचित सदुपयोग गर्न सकेमा नेपाल अनि नेपालीहरुको जीवनस्तरमा चामत्कारिक परिवर्तन आउन सक्ने देखिन्छ ।

हिन्दू धर्मग्रन्थ अनुसार स्कन्द पुराणमा यस क्षेत्रलाई बैष्णावार तीर्थ समेत भनेर वर्णन गरिएको छ। यस तीर्थलाई अग्नितीर्थ समेत भनेर चिनिन्छ। नेपालको इतिहासमा नेपालको उद्गम थलोको रुपमा जुम्लाको सिंजालाई मानिए तापनि नेपाली भाषाको सबैभन्दा पुरानो अभिलेख दैलेख जिल्लाको पञ्चकोशी क्षेत्रको दुल्लु क्षेत्रमा अहिलेसम्मको अध्ययन अनुसार सबैभन्दा पुरानो मानिएको दापुपाल अढई पालद्वारा शाक्य नौ गरी तीन तदनुसार विसं १०३८ शिलालेख यसै क्षेत्रमा रहेका छन् । पञ्चकोशी क्षेत्रका पाँचवटा स्थानमा फरक-फरक पादुका स्थानमा रहेको अशोक चल्लको स्तम्भ श्रीस्थानमा अभिलेखका साथै बाटोभरि जताततै गाडिएका वीर खम्बाहरुमा भएका अभिलेख नेपाली भाषा तथा पश्चिम नेपालका इतिहास केलाउँदा धेरै कुराहरुको महत्व थाहा पाउन सकिन्छ। पहाडका कुनाकन्दरामा विभिन्न देवादिदेव लगायतका मूर्तिहरू रहेका छन्। नेपालकै पवित्र स्थानको रुपमा पुण्यभूमिको रुपमा समेत पञ्चकोशी क्षेत्रलाई लिएकोमा धार्मिक एवं सांस्कृतिक महत्वहरू धेरै रहेको छ। ज्वाला क्षेत्रमा १०८ वटा शक्ति पीठहरू पर्दछन्। भैरवी मालिका, स्वामी कार्तिक, विन्द्याबासिनी, लामादुवाला आदि चर्चित छन्। पञ्चकोशी क्षेत्र हिन्दू धर्मावलम्बीका लागि मात्र नभई बौद्ध धर्मावलम्बीहरूको पनि उत्तिकै महत्व रहेको पाइन्छ। पश्चिम नेपालका हिन्दू धर्मावलम्बीहरूले पितृकर्म, देवकर्म, पितृ उद्धार लगायतका कार्यहरू गरेर मनोकांक्षा पूरा गर्दछन्। यसरी श्री स्वस्थानी व्रतकथा अनुसार सो व्रतकथामा जोडिएका पाँचवटा पवित्र तीर्थस्थलका रूपमा महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर हिँड्दा शिरपतन भएको ठाउँलाई शिरस्थान, नाभिपतन भएको ठाउँलाई नाभिस्थान, कुम पतन भएको ठाउँलाई कोटिला, पाउहरू पतन भएको ठाउँलाई पादुका र शरीरका बाँकी रहेका अङ्गहरू धुलोसहित पतन भएको ठाउँलाई धुलेश्वर भनेर यिनलाई समग्रमा पाँच तीर्थ पञ्चकोशीको नाम समेत दिएको पाइन्छ। यसरी श्रीस्थान र नाभिस्थानमा अखण्ड ज्वालाहरू रहेका छन्। जुन ज्वालाहरुको पर्यटकहरुले ज्वालामाईको रूपमा दर्शनसमेत गर्दछन्। पञ्चकोशीको यात्रापछि हाम्रो साँझको बसाई राकम कर्णाली भयो। दिनभरिको घुमाई, धार्मिक यात्राका विविध पक्षहरूको बारेमा नजिकबाट नियाल्न पाउँदा औधी खुसी लागेको थियो। साँच्चिकै धार्मिक यात्रालाई मन शान्तिका रूपमा समेत लिन सकिन्छ।

मध्यपहाडी लोकमार्गको बाटो राम्रो गुणस्तर भएको, गाडीलाई पनि सहज महसुस भएको हुँदो हो जो खुसीले गर्दा नहल्लिएर हामीहरुलाई आनन्दित बनाइरहेको थियो । सुर्खेत जुम्ला रोड पुगियो, अगाडि बढियो, बढ्दै गर्दा कर्णाली नदीको घाटमा आधा फलामे र आधा सिमेन्टेड पुल देखियो । यो कस्तो खालको पुल होला भनेर मैले मनमनै सोचेँ तर लिल दादाले के सोचे होलान् भन्ने बारेमा मलाई सोच्ने फुर्सद नै थिएन । सुर्खेत जुम्ला रोडलाई विदाइ गर्दै हामी त्यही पुल हुँदै अछाम जिल्ला तिर लाग्यौँ । अछाम जिल्ला हाम्रो टंक खनाल दाईको गृह जिल्ला पनि हो । यहाँ नौमुठे दुर्लभ गाई पाउँछ भनेर मैले तपुदादा र लिलदादासँग प्रसङ्ग सुनाए। उहाँहरु नयाँ कुरा र पुरानो ठाउँका केही रहस्यमय कुराहरु सुन्दा मौन हुनुभएको थियो। भिरपाखालाई स्पर्श गरी कतै हरियाली कतै सुक्खा रहेछ अछाम। दैलेख जिल्लाको जस्तो पुरै सुक्खा र बाँझो थिएन। साँच्चिकै यात्राका क्रममा जौ, गहुँ, केराउ लगायतका मौसम अनुसारका बाली नालीले खेत खलियानहरु सजिएका थिए। अछाम जिल्लाका विभिन्न वस्तुस्थिति, गाउँ-ठाउँ नजिकबाट नियाल्न पाउन मेरा लागि पनि नविन अवसर थियो । यसरी हामी बिहानपखको खाना खान अछामको साँफेबगर पुग्यौँ। बिहानपखको खाना खाइसकेपछि अछाम जिल्लाकै मङ्गलसेन दरबार तत्कालीन विद्रोही पक्षले वि.सं. २०५८ साल फागुन ४ गते आक्रमण गरी पूर्णरूपमा ध्वस्त बनाएका थिए। यो प्रसङ्ग मलाई रोयल सरले सुनाउनुभएको थियो । उहाँले आफ्नो उर्जाशील समय अछाम जिल्लामा बिताएको कुरा समेत बताउनुभयो। हाल मङ्गलसेन दरबार सङ्घीय सहरी विकास आयोजना र पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको देखियो। हाल पर्खाल र प्रवेशद्वार निर्माण गरिसकेको रहेछ। मङ्गलसेन दरबार अछामी राजा दलबहादुर शाहका पालामा वि.सं. १९३५ मा निर्माण सुरु भई वि.सं. १९४१ मा पुरा भएको स्थानीय जानकारहरूले बताए । परम्परागत शैलीमा निर्माण गरिएको अछाम दरबारमा तीनतले ३० कोठाहरू रहेका छन्। दरबारभित्रै स्नान कक्ष र शौचालय समेत बनाइएको छ। हाम्रा ऐतिहासिक, धार्मिक, पुरातात्विक वस्तुहरूको संरक्षण, सम्बर्द्धन गर्नु हामी सबैको परम कर्तव्य हो र यसलाई संरक्षण सम्बर्द्धन गरी पुस्तान्तरण गर्नु हामी सबैको जिम्मेवारी र दायित्व अन्तर्गत पर्दछ।

अछामबाट हाम्रो यात्रा रामरोशनतर्फ लाग्यो। ऐतिहासिक, धार्मिक एवं प्राकृतिक मेलापर्वले अछाम पर्यटकीय सम्भावनाको क्षेत्रभित्र रामरोशन क्षेत्र पर्दछ। रामारोशन नामले चर्चित रहेको छ। रामरोशन पर्यटकीय क्षेत्रका मुख्य आकर्षणहरूमध्ये १२ बण्डमध्ये जिङ्गले ताल, बादुला ताल, लामादह ताल, लिस्ने डाँडी ताल, तल्लो धौन ताल, गाग्रा ताल, दल्लेना ताल, गोरा ताल, रामेताल, ताडले ताल, डडठे ताललाई नै बण्ड भनेर चिनिन्छ । १८ खण्ड भन्नाले रोशन खण्ड, किनिमिनी खण्ड, रामेखण्ड, दल नेटाखण्ड, टाउकाखण्ड, ददाडी खण्ड, बाघफला खण्ड, चिन्दनी खण्ड, बामला डाँडाखण्ड, डडिल्ला खण्ड, ठाडा र खल्लाह खण्ड, पासेखण्ड, सिमसालिमकोट खण्ड, नीलकण्ठ-मैठामाडु खण्ड, टोट्के-कागर्बजु-रन्जेनी खण्ड, पिनालेखी खण्ड, ओडेकोट खण्ड, जिउने पातल खण्ड रहेका छन्। यिनी नामले चर्चित रहेका छन् आकाश पुग्न लागेजस्तै अग्ला पहाड रङ्गीबिरङ्गी खालका विभिन्न प्रजातिका लालीगुराँस र वन्यजन्तुको बासस्थानको रुपमा लिन सकिन्छ। किनारै किनारमा सडकको पहुँच समेत पुगेको छ। दृश्य अत्यन्तै आकर्षक र रोचक तरेली परेका पहाडका फाँट र रामारोसन अर्गानिक खानाको स्वाद, फास्टफुडका नाममा सबैतिर बजारी खानाले अतिक्रमण गरिरहेको बेलामा यस्तो खाना खान पाउनु पनि दुर्लभ रह्यो । एक दिनभरिको रामारोशन बसाइपछि हामी अर्को दिन बिहानपख त्यहाँको सौन्दर्य र सम्झना बोकेर त्यहाँबाट बिदा भयौं। पवित्र मन्दिर अछामको बैजनाथय दर्शन गरेर हाम्रो यात्रा डोटी जिल्लातर्फ लाग्यो। डोटी जिल्ला मेरा लागि अति महत्वपूर्ण यात्रा थियो। मेरा जेठाबुवा कर्णाली प्रदेशका पहिलो प्रदेश प्रमुख दुर्गा केशर खनाल डोटीको सिलगढीमा जन्मिनुभएकोले डोटी जिल्ला पुरानो क्षेत्रीय सदरमुकाम भएको, संघीयता देशमा आइसकेपछि कैलालीमा सारिएको हो। डोटी जिल्लाको सुप्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरको दर्शन गर्न पुग्यौँ।

डोटीमा रामकृष्ण सर बसेको आफ्ना अतितका पलहरू सुनाउनुभयो। उहाँ डोटेली भाषादेखि त्यहाँको धरातलीय स्वरूपमा बारेमा निपूर्ण हुनुहुन्थ्यो। शान्त स्वभावका उहाँ अनुभवी, लिन खोज्नेलाई जति पनि बयान गरिदिने ज्ञानको भण्डार थियो उहाँसँग। बिस्तारै हामी डोटी जिल्लाबाट हुँदै डडेलधुरा जिल्लातर्फ लाग्यौँ। साँझपखको बसाई डडेलधुरामा भयो। बिहानपखको नित्यकर्म गर्ने भनेर हामी साँझ नै रामकृष्ण सर र म रमाइलो गफगाफ गर्यौँ। मलाई विश्वास मात्र नभई अति माया गर्नुहुन्छ। बिहानपख हामी स्नान गरी उग्रतारा मन्दिर दर्शन गर्नतर्फ लाग्यौँ। मन्दिरमा पढ्ने बटुकहरू समेत रहेछन् । शान्त अनि मनोरम थियो। उग्रतारा मन्दिरको आसपास हेरिरहेँ र त्यसपछि गौरवपूर्ण इतिहासको थालनी गर्नुभएका नेपाल एकीकरण तथा रक्षा इतिहासका अमरसिंह थापाको नाम स्वर्ण अक्षरले लेखिएको अमरगढी अवलोकन निष्ठावान देशभक्त धार्मिक व्यक्तित्व कुशल प्रशासक पनि हुनुहुन्थ्यो । अमरसिंह थापा नेपाल सरकारले सन् १९५५ मा उहाँलाई राष्ट्रिय विभूतिको उपाधिबाट सम्मानित गरेको थियो। अमरसिंह थापाको जन्म विक्रम सम्वत १८०८ (सन् १७५१) मा भएको थियो। नेपाल एकीकरणका बाइसी-चौबिसी राज्यको एकीकरणको समयमा अमरसिंह थापाको सैनिक जीवन १८२१ सालदेखि सुरु गरेका थिए। १७ ‍औँ र १८ औँ शताब्दीको अवधिमा नेपाल पश्चिमको भूभाग विभिन्न स्वतन्त्र रजौटाहरूले बाइसी राज्य र चौबिसी राज्यमा विभाजित गरी शासन गरेर बसेका थिए।

गोर्खाली सेनाहरूमध्ये अमरसिंह जस्तो व्यक्ति अरु कोही पनि थिएन ‌। जसले नेपालको पश्चिमी सीमा विस्तारमा बाइसी राज्यहरू डोटी बझाङ बाजुरा, जाजरकोट, दार्मा, चौरजहारी रुकुम आदि समावेश गरेका थिए। चौबीसी राज्यहरूमा पाल्पा, बाग्लुङ, गुल्मी, अर्घाखाँची, तनहुँ, रामेछाप, स्याङ्जा आदि गण्डकी क्षेत्रहरूमा पर्दछन् । नेपालको इतिहासमा विगतदेखि वर्तमानसम्म डडेलधुरा जिल्ला राज्यको उच्च नेतृत्व दायित्व भूमिका निर्वाह गर्ने जिल्लाको रुपमा परिचित रहेको छ। पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यूको गृह जिल्ला समेत यही हो। यसरी विगतमा सुदूरपश्चिम र कर्णाली प्रदेशको आफ्नै इतिहास रहेको छ। जुम्लाका राजा गोर्खाली विस्तारका कट्टर विरोधी थिए। अमरसिंह कठोर हिमाली भूभाग पार गर्दै जुम्लामा आक्रमण गरी विजयी भए। जुम्ला र गोर्खाली सेनाहरूको युद्ध एक कठिन युद्ध थियो। अमरसिंह थापा युद्ध जितिसकेपछि तटस्थ गढी निर्माण गरी स्थायित्व कायम गर्थे। उदाहरणका लागि सल्यान र दुल्लुका गढीहरूलाई देख्न सकिन्छ। भोटसँग युद्धमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। यसरी इतिहास सम्बन्धी अमरगढीमा भेटिएका पाका पुराना मान्छेहरुसँग जानकारी लिन सकिन्छ। तल खोला किनारमा घटाउल बाबाको मन्दिर समेत दर्शन गरी यात्रा कैलालीतर्फ लाग्दै गर्दा बाटोमा बाजेको खिर पसल रहेछ । त्यो पसलमा बाजेले बनाएको मिठो खिरको स्वादले जिब्रोलाई समेत नयाँ भोजनको आभाष दिलाइरहेथ्यो । सुन्दर सुदूरपश्चिम बोलको गीत तपुदादाले बजाउनुभएको थियो। सुदूरपश्चिमका देउडा भाका जिल्ला अनुसार पनि फरकफरक थिए। डडेलधुरामा चौतारी चिया पसलमा कतिपय मानिसहरू गफिएर रमाइलो गफगाफ गरेर बसिरहेका देखिन्थे। हाम्रो समय, ऊर्जा सिमित हुँदै आयो हामी दिउँसो मात्र सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी आइपुग्यौँ।

चोखो अनि पवित्र तीर्थयात्री हामी साकाहारी भोजनबाहेक अन्य कुनै पनि भोजन खाएका थिएनौँ। टंक दाईसँग धनगढीमा भेट हुन पाउँदा मनमा औधी खुसी लाग्यो। टंक दाईसँग कति आत्मीय सम्बन्ध छ मेरो । टंक दाईसँग केही समय बसेर मैले उहाँलाई मानिसका मातहतमा धेरै कुराहरु छैनन् यिनै सम्झनाका तरेलीका तस्बिर मात्र भनेर फोटो छुट्टिने बेलामा खिचेँ। हाम्रो यात्रा महेन्द्रनगर, दोधारा-चाँदनी एसियाकै लामो झोलुङ्गे पुल हेरेर टनकपुर बाँध बाँधी नेपालबाट भारततर्फ पानी लगेको क्षेत्रलाई हेर्ने पनि उद्देश्य रहेको थियो। वरपरका वातावरणलाई नजिकबाट नियालेर हेरिरह्यौँ। अनि रोयल सरले मलाई केही इतिहासका बारेमा पनि बताउनुभयो । नेपालको इतिहासमा सन् १८१५ डिसेम्बरमा भएको सुगौली सन्धिबाट गुमेको पश्चिम तराईको भूभाग बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जङ्गबहादुर राणाले फिर्ता ल्याएको कुरा सुनाउनुभयो। र यिनी विभिन्न जिल्लाका यात्राका चरम आनन्दको त्यो रोमान्चित अनुभूतिलाई एउटा प्रकृति प्रेमीले कतिको अनुभव अनुभूति गर्न सक्दछ । सुदूरको परिबन्ध र परिवेश अलि फरक भएको कुरा माधवप्रसाद पोखरेल सरले सुनाउनुभयो। माधव सरसँग मेरा कुरा सुदूरपश्चिममा पोख्न पाउँदा जिउ हलुङ्गो भयो। उहाँसँग मेरो प्रेम गहिरो अनि मित्रता फराकिलो थियो । यसरी विभिन्न प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक यात्राका कुराहरुले विविध विषयमा सिक्ने अवसर समेत मिल्यो। जिन्दगीमा मैले लिएका उहाहरुसँगका यादहरु र उहाँहरुले मलाई दिएका सम्झनाहरु ताजै छन् । उहाँहरूसँग बिताएका खुसीका पलहरू मस्तिष्कमा समेत ताजै छन्। यात्रामा विविध विषय, भाषा, साहित्य र संस्कृतिको बारेमा नजिकैबाट जान्ने मौका मिल्यो। सुदूरपश्चिमका भेषभुषा लगायतका विविध विषयमा बुझ्ने सौभाग्य प्राप्त भयो। यसका लागि हाम्रा आदरणीय सरहरु लगायत सम्पूर्ण टिमलाई हार्दिक हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।

लेखक दिपेन्द्र केशर खनाल डुङ्गेश्वर गाउँपालिका ५ दैलेख निवासी हुनुहुन्छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.