पोखरादेखि भुटानको पारो चार्टर उडान हुने

पोखरा – पोखरादेखि भुटानको पारो चार्टर उडान हुने भएको छ । भुटान एयरले सेप्टेम्बर र अक्टोबर महिनामा ४ वटा चार्टर उडान गर्न लागेको हो ।

पोखरामा गरिएको पत्रकार सम्मेलनमा उडानहरू एयरबस ए–३१९ विमानमार्फत सञ्चालन हुने जानकारी दिइएको हो । १ सय २६ सिट क्षमताको जहाजमा पहिलो उडान २८ सेप्टेम्बरमा गर्ने भुटानले दोस्रो उडान २ अक्टोबरमा गर्नेछ । तेस्रो उडान ६ अक्टोबर र चौथो उडान १० अक्टोबरमा हुने युनिभर्सल टुर्स एण्ड ट्राभल्सका कार्यवाहक अध्यक्ष परासर प्रसाईंले प्रसाईंले जानकारी दिनुभयो । ‘सबै उडानको लागि प्यासेन्जर खुला गरिएको जानकारी दिंदै पारोबाट बिहान साढे १० बजे उडान भर्ने फ्लाइट पोखरामा पौने १२ बजे ल्याण्ड गर्नेछ । यसअघि सिचुवान एयरले पोखरादेखि छेन्दुसम्म उडान भरेको थियो ।

अहिले पनि हिमालयन एयरलाइन्सले ल्हासा उडान भरिरहेको छ । यसैगरी , सिचु वानले पोखरा–सिचुवान–अस्ट्रेलिया उडान पहल पनि गरिरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.