पीएसबी काउन्सिलको पहिलो बैठक

काठमाडौँ – सार्वजनिक सेवा प्रसारण संस्था नेपाल-पीएसबीको पहिलो परिषद बैठक आज बस्यो ।

सिंहदरवारस्थति नेपाल टेलिभिजनको केन्द्रीय कार्यालयमा बसेको बैठकमा परिषदका सदस्य सचिव एवं कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले रेडियो नेपाल र नेपाल टेलिभिजनको रुपान्तरणपछि बनेको सार्वजनिक सेवा प्रसारण संस्थामा भएका नीतिगत तथा व्यवस्थापकीय कार्य प्रगतिका विवरण प्रस्तुत गर्नुभयो ।

बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं परिषदका अध्यक्ष पृथ्वीसुब्बा गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एक भई बनेको पीएसबीमा विभिन्न सुधारका कामहरु भएकोमा धन्यवाद दिनुहुँदै संस्थालाई थप जनमुखी बनाउन एवं ऐनमा निर्दिष्ट उद्देश्य हासिल गर्न अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सञ्चार सचिव राधिका अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा परिषदको सदस्यको रुपमा सहभागी हुनु हुन्थ्यो ।

बैठकले परिषदलाई छिट्टै पूर्णता दिने विषयमा पनि छलफल गरेको छ ।

सार्वजनिक सेवा प्रसारण ऐनले नीति निर्माण गर्न तथा संस्थाले गर्नुपर्ने कार्यको नीतिगत निर्देशन दिन सूचना तथा सञ्चारमन्त्री वा राज्यमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय परिषद रहने व्यवस्था गरेको छ । परिषदको बैठकपछि मन्त्री गुरुङले सञ्चालनको अन्तिम तयारीमा रहेको एनटीभी वर्ल्डको निर्माणाधीन स्टुडियो लगायतका संरचनाको अवलोकन गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.