घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री पुन अस्पतालमा

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुको स्वास्थ्यस्थिति र उपचारको अवस्थाबारे जानकारी लिनुभएको छ ।

गत भदौ २३ र २४ गते जेनजी समूहको आह्वामा भएको आन्दोलनमा घाइते भएकाहरु विभिन्न अस्पतालमा उपचाररत छन् । सरकारले घाइतेहरुको निःशुल्क उपचार गर्न गरेको निर्णय कार्यान्वयनमा आएको जानकारी उहाँले घाइतेलाईं दिनुभयो ।

साथै उहाँले उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्री पुनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.