मलेसियामा जारी महिला टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा नेपाल पराजित

काठमाडौँ- मलेसियामा जारी महिला टी-२० सिरिजमा मलेसियाले नेपाललाई १३ रनले हराउँदै ५ खेलको सिरिजमा २–१ को अग्रता लिएको छ।
वायुमास ओभलमा १२१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १०७ रनमै रोकियो।
नेपालका लागि रुबी पोद्दारले सर्वाधिक ३१, कप्तान इन्दु बर्माले २२ र कविता कुँवरले १५ रन जोडिन् ।
नेपालका ६ खेलाडी रन आउट भए । यसअघि मलेसियाले आइना हमिजाको ६१ रनको अर्धशतकसहित १२० रन बनाएको थियो ।
नेपालको तर्फबाट कविता कुँवर र कविता जोशीले २–२ विकेट लिइन् । अब नेपालले सिरिज जित्न बाँकी दुवै खेल जित्नुपर्नेछ।।






प्रतिक्रिया राख्नुहोस्