रुकुमपश्चिमको दुर्घटनामा मृत्यु भएका ७ जना मध्ये ६ जनाको सनाखत

रुकुम-पश्चिम- रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकास्थित लिस्नेमा बोलेरो जीप दुर्घटना भएर मृत्यु भएका मध्ये ६ जनाको सनाखत भएको छ। १ जनाको भने सनाखत हुन सकेको छैन ।
रा १ ज ४२२ नम्बरको डबल क्यावको बोलेरो जीप दुर्घटनामा परेको थियो। दुर्घटनामा परी अरु १० जना घाइते भएका छन । उनीहरुको उपचार जिल्ला अस्पताल रुकुम पश्चिम र सदरमुकामका अरु अस्पतालहरुमा भइरहेको छ।
दुर्घटनामा मृत्यु हुनेहरु:
१.जिल्ला रुकुम पश्चिम आ.न.पा.२ स्याला बस्ने बर्ष ३० कि कमला वली
२ जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १६ को टेक जंग बुढा
३. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १५ कि दिलमाया बुढा
४. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १७ कि मनिका वली
५. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष १८ कि सर्मिला वि.क.
६. जिल्ला रुकुम पश्चिम आ.न.पा बर्ष २२ को गोपाल वली
७. नामथर वतन नखुलेको महिला मृतक एक जना





प्रतिक्रिया राख्नुहोस्