अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य
काठमाडौँ- आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाललाई अमेरिकाले २६३ रनको लक्ष्य दिएको छ ।
दुबाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएकोअमेरिकाले पूरै ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको हो ।
नेपालका सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिएका थिए ।
अहिले नेपालले व्याटिङ सुरु गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्