खेलकुद मन्त्रालयका सबै बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय

काठमाडौँ- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आगामी दिनमा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गर्नुभएको छ।

सिहंदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा  पदभार ग्रहण गर्दै  मन्त्री गुप्ताले बैठक प्रत्यक्ष प्रसारण गर्ने सम्बन्धि निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

उहाँले खेलकुद क्षेत्रको विकासका लागि बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सिरहाको लहान घर भएका मन्त्री गुप्ता जेन्जी आन्दोलनको अगुवा समेत हुनुहुन्छ । उहाँ सामाजिक कार्यमा पनि उतिकै सक्रिय हुनुहुन्छ ।

मन्त्री गुप्ताले कोभिड–१९ को समयमा निशुल्क खाना खुवाउने अभियान चलाउनुभएको थियो । त्यसैगरी उहाँले ‘हन्ड्रेड ग्रुप’मार्फत विद्यार्थीलाई पढाउँदै आउनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.