काँग्रेसमा महामन्त्री थापा र सहमहामन्त्री यादवको फरक-फरक प्रस्ताव

ललितपुर- नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीले महाधिवेशनका दुई फरक प्रस्ताव पेस गरेका छन ।
महाधिवेशन कार्यतालिकामा सहमति निर्माण गर्न भएको प्रयासहरु विफल भएसँगै महामन्त्री गगन थापाले एउटा मितिसहितको प्रस्ताव र सहमहामन्त्री महेन्द्र यादवले अर्को मितिसहितको प्रस्ताव गरेका हुन ।
 पुस १६ गतेदेखि १७ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने महामन्त्री गगन थापाको प्रस्ताव आएको छ भने वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने सहमहामन्त्री महेन्द्र यादवको अर्को प्रस्ताव आएको छ
नेपाली काँग्रेसले दुबै प्रस्तावमाथि छलफल गरेर एउटै बनाउने प्रयास गरिरहेको नेताहरुले जानकारी दिनुभएको छ।
बैठकमा महामन्त्री गगनकुमार थापाले गर्नुभएको प्रस्तावअनुसार मङ्सिर २७ गते वडा अधिवेशन, पुस ५ र ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका पेस भएको छ ।
यस्तै सहमहामन्त्री महेन्द्र यादवले पेस गरेको कार्यतालिकाअनुसार २०८२ चैत १ गते वडा अधिवेशन, चैत ५ गते पालिका अधिवेशन, चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन, चैत २० गते सङ्घीय प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, चैत ३० गते जिल्ला अधिवेशन, २०८३ वैशाख १५ गते सात प्रदेश अधिवेशन र २०८३ वैशाख २७ देखि ३० गतेसम्म १५ औं केन्द्रीय महाधिवेशनको प्रस्ताव भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.