१७ वर्षमा काली गण्डकी कोरिडोरमा ८० प्रतिशत प्रगति

पाल्पा- नेपाललाई उत्तर–दक्षिण जोड्ने राष्ट्रिय प्राथमिकताको सडक काली गण्डकी कोरिडोर सडक निर्माण सुरु भएको १७ वर्षमा ८० प्रतिशत भौतिक प्रगति पूरा भएको । यो सडक नवलपुर जिल्लाको गैँडाकोटदेखि मुस्ताङको कोरला नाकासम्म काली गण्डकी नदीको किनाराबाट निर्माणाधीन अवस्थामा छ । देशको आर्थिक सामाजिक, सांस्कृतिक, पर्यटकीय एवम् धार्मिक महत्त्व बोकेको यो सडक करिब ४९५ किलोमिटर छ ।
विशेष गरी दुई छिमेकी राष्ट्र भारत र चीनबाट प्राप्त हुने व्यापार, त्यसबाट देशलाई प्राप्त हुने ट्रेड ट्रान्जिटमा महत्त्वपूर्ण योगदान दिने अपेक्षासहित निर्माण सुरु भएको यो सडक आर्थिक वर्ष २०६६र०६७ बाट निर्माण सुरु गरिएको थियो ।
२०७५ सालबाट राष्ट्रिय गौरवको आयोजनामा समावेश यो कोरिडोर गैँडाकोट–राम्दी–मालढुंगा र मालढुंगा–बेनी–जोमसोम–कोरला गरी दुई खण्डमा निर्माणाधीन छ । यसमध्ये गैँडाकोट–राम्दी–मालढुंगा खण्ड ८० प्रतिशत र मालढुंगा–बेनी–जोमसोम–कोरला ८१ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर अरुण खत्रीका अनुसार चालु आर्थिक वर्षको तीन महिनामा विनियोजित बजेटका आधारमा करिब ६ प्रतिशत काम सम्पन्न भइसकेको छ । कोरिडोरमा बजेट अभाव, भौगोलिक कठिनाइ, पहिरोको जोखिम, र अन्य विविध कारणले गर्दा कोरिडोर निर्माणमा ढिलाइ भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्