विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा: पोखरा ‘टस’ जितेर बलिङमा

काठमाडौँ- जधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा पोखराले ‘टस’ जितेर बलिङ गर्ने निर्णय गरेको छ ।
विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई रहेको छ ।
दुवै टोलीको लक्ष्य सुखद सुरुआत गर्ने हुनेछ । यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.