स्वास्थ्य पर्यटनको लागि तातोपानीमा कार्यपालिका बैठक

रुकुम पूर्व – स्वास्थ्य पर्यटनको लागि तातोपानीमा कार्यपालिका बैठक । रुकुम पूर्वमा स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्नका लागि कार्यपालिका बैठक तातोपानीमा बसेको छ ।
पुथा उत्तर गङ्गा गाउँपालिकाको ४७ औँ कार्यपालिकामा “दिगो पर्यटन विकास हाम्रो प्राथमिकता, पर्यटनमा प्रगति, समृद्धि, सुन्दरता, सम्भावना, र अवसरको केन्द्र पुथा उत्तर गङ्गा गाउँपालिका” भन्ने मूल नारा सहित कार्यपालिका बैठक बसेको छ । आर्थिक वर्ष २०८०/०८१ को करिब ९० लाखमा तटबन्ध, नुहाउने ठाउँ र महिला पुरुषको लागि शौचालय निर्माण गरिएको थियो । आज कार्यपालिका बैठकको अवसरमा उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गरिएको थियो ।
प्राकृतिक सम्पदाको संरक्षणमा जोड दिन पालिकाको ६ नम्बर वडामा रहेको डिम्मुरगैरा तातोपानी क्षेत्रलाई स्वास्थ्य पर्यटनको रूपमा प्रचारप्रसार गर्न कार्यपालिका बैठक बसेको थियो । गाउँपालिकाको कार्यपालिका बैठकले स्वास्थ्य पर्यटन क्षेत्र लाई प्राथमिकता दिँदै आगामी दिनमा पर्यटन केन्द्र बनाउने योजना बनाएको छ ।
गाउँपालिकाका अध्यक्ष पुनिराज घर्तीको अध्यक्षतामा बसेको बैठकले मुख्य एजेन्डा तातोपानी क्षेत्रको संरक्षण, प्रवर्द्धन तथा व्यवस्थापन रहेको छ । स्थानीय पर्यटन र प्राकृतिक स्रोतलाई व्यवस्थित रूपमा उपयोग गर्ने लक्ष्यका साथ बैठक बसेको थियो ।
बैठकले पर्यटन क्षेत्रमा योगदान दिएका ६ जना पर्यटनकर्मीहरूलाई सम्मान गर्ने पारित गरिएको थियो ।
बैठकमा तातोपानीलाई गाउँपालिकाको राजस्वको दायरामा सूचीकृत गर्ने विषयसहित ‘तातोपानी संरक्षण तथा व्यवस्थापन’ र ‘विविध’ एजेन्डा पेस गरिएको थियो ।






प्रतिक्रिया राख्नुहोस्