लुम्बिनीलाई २२ रनले हराउँदै काठमाडौँ गोर्खाज विजयी
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत आज भएको खेलमा काठमाण्डौँ गोर्खाज विजयी भएको छ।
यो सिजनमा काठमाडौँको यो दोश्रो जित हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा काठमाण्डौँले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
काठमाण्डौँले दिएको १५९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १३५ रन बनायो ।
काठमाडौँका लागि कप्तान करण केसीले उत्कृष्ट ब्याटिङ गरेका थिए ।।






प्रतिक्रिया राख्नुहोस्