विश्वको सबैभन्दा अग्लो तिलिचोको मैदानमा ऐतिहासिक कुस्ती प्रतियोगिता

मनाङ- विश्वको सबैभन्दा अग्लो उचाइमा रहेको तिलिचो ताल (४,९१९ मिटर) मा आज एक ऐतिहासिक कुस्ती प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।
हिमाली वातावरणमा सम्पन्न ‘क्लास अफ द टाइटन्स’ कार्यक्रममा नेपाली र अमेरिकी कुस्ती खेलाडीहरूबीचको सौहार्दता अझ हेर्न लायक थियो ।
यो प्रतियोगिताले हिमालको काखमा रहेको तिलिचो तालको प्राकृतिक सौन्दर्यलाई विश्वमाझ अझ प्रख्यात बनाएको छ ।
दुवै देशका शीर्ष कुस्ती खेलाडीहरूले अक्सिजनको अभाव, तीव्र हावापानी र दुर्गम भूगोललाई पराजित गर्दै खेलप्रतिको आफ्नो लगाव र प्रदर्शन गरेका थिए ।
यो प्रतियोगिताले मानवीय सहनशक्ति र अन्तर्राष्ट्रिय खेलमा भाइचारीको अभूतपूर्व उदाहरण पेश गरेको खेलप्रेमीहरुको भनाइ छ ।।






प्रतिक्रिया राख्नुहोस्