चितवनलाई ५३ रनले पराजित गर्दै काठमाडौँ गोर्खाज विजयी

काठमाडौँ- नेपाल प्रियमर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।
चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमाडौँ विजयी भएको हो ।
काठमाण्डौँले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले १७.१ ओभरमा सबै विकेट गुमाएर ८९ रनमै अलआउट भयो ।
यो सँगै पाँच खेल खेलिसकेको काठमाण्डौँ तेस्रो जितपछि ६ अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ । विराटनगर समान अंक भए पनि रनरेटमा काठमाण्डौ भन्दा पछाडि परेको छ ।।






प्रतिक्रिया राख्नुहोस्