कर्णाली याक्सले दियो काठमाडौँलाई १५० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भइरहेको खेलमा कर्णाली याक्सले काठमाडौँ गोर्खाजलाई १५० रनको चुनौति प्रस्तुत गरेको छ।
टस जितेर ब्याटिङ रोजेको कर्णालीले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १४९ रन बनाएको हो ।
कर्णालीका लागि गुल्सन झाले अर्धशतकीय पारी खेले ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली र करण केसीको कप्तानीमा रहेको काठमाडौँ दुबैलाई प्ले अफमा पुग्न आजको खेल जित्नै पर्ने दवाव छ ।।






प्रतिक्रिया राख्नुहोस्