कर्णालीलाई ५ विकेटले हराउँदै काठमाडौँ गोर्खाज विजयी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) आज भएको खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ।
कर्णाली याक्सलाई १२ बल बाँकी छँदा नै काठमाडौँले ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर १४९ रन बनाएको थियो ।
जवाफमा काठमाडौँले १२ बल बाँकी छँदा नै लक्ष्य पूरा गर्यो ।
यो जितसँगै काठमाडौँको प्ले अफमा जाने सम्भावना कायमै रहेको छ। कर्णालीले भने अहिलेसम्म एउटा मात्र खेल जितेको छ।।






प्रतिक्रिया राख्नुहोस्